नियम २४
प्रोत्साहन, छुट, सुबिधा वा सहुलियत प्रदान गर्ने प्रक्रिया
(१) उद्योगले ऐनको दफा ३३ बमोजिम प्रोत्साहन, छुट, सुविधा वा सहुलियत प्राप्त गर्नको लागि देहायको कागजात र विवरण संलग्न गरी उद्योग दर्ता गर्ने निकायमा निवेदन दिनु पर्नेछः-
(क) उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि, (ख) प्रोत्साहन, छुट, सुविधा वा सहुलियत माग सम्बन्धी विवरण, (ग) अघिल्लो आर्थिक वर्षको कर चुक्ता र लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि,
(घ) कच्चा पदार्थ आयातमा सहुलियत सिफारिसका लागि उच्चोगको स्वीकृत व्यावसायिक योजना: (स्कीम) को प्रतिलिपि,
(ङ) घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको उच्योगको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र,
(च) निर्यात-प्रोत्साहनका लागि व्यापारिक बिल बिजक र भन्सार प्रज्ञापन पत्रको प्रतिलिपि,
(छ) निर्यातमा प्रोत्साहनका लागि स्वघोषणाको विवरण,
(ज) निर्यातजन्य उद्योगको हकमा एक्जिम कोडको प्रतिलिपि,
(झ) प्रोत्साहन, छुट, सुविधा वा सहुलियतको प्रकृति अनुसार निर्णय गरी उच्चोग दर्ता गर्ने निकायले माग गरेका अन्य कागजात ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपनियम बमोजिम पेश गर्नु पर्ने कागजात वा बिवरण उद्योग दर्ता गर्ने निकायमा अद्यावधिक रहेकोमा त्यस्तो कागजात वा विवरण पुन पेश गर्नुपर्ने छैन। (३) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा छुट, सुविधा वा सहुलियत प्रदान गर्न मनासिब देखेमा उद्योग दर्ता गर्ने निकायले त्यस्तो उद्योगलाई ऐन बमोजिम दिइने प्रोत्साहन, छुट, सुविधा वा सहुलियत एकल बिन्दु सेवा केन्द्रमार्फत प्रदान गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम प्रदान गरिएको प्रोत्साहन, छुट, सुविधा वा सहुलियतको अभिलेख उद्योग दर्ता गर्ने निकायले राखु पर्नेछ।